+821021938017
 Login    

चीना-टिप्पण






के हो चीना-टिप्पण?


चीना-टिप्पण


कुण्डली मानवजीवनको सूक्ष्मद्रष्टा दर्पण हो । व्यवस्थित तरिकाले कुण्डलीको विवेचना र विश्लेषण गरिएको पत्रिकालाई नेपाली भाषामा सूतिका, टिपन, चिना, जन्मपत्रिका आदि भन्ने चलन छ । योग्य ज्योतिषीका हातबाट विशुद्ध गणितीय गणनाका आधारमा चिना बनाएर राख्दा व्यक्तिको जीवन सुव्यवस्थित हुने आमधारणा र विश्वास छ । त्यसैले व्यक्तिहरू किसिम–किसिमका गणितीय प्रयोग भएका चिना, जन्मकुण्डली आदि निर्माण गरेर राख्ने गर्दछन् ।

हामीले बनाएको जन्मपत्रिकामा प्रशस्ति खण्डका अतिरिक्त लग्नादि द्वादश भावको गणितीय चक्र, धूमादि अप्रकाश ग्रहको स्थिति, राश्यादि मान, गति, मैत्रीस्थिति, चलितचक्र, नराकारचक्र, कारकादि सहित समस्त ग्रहको गणितीय हिसाब, विंशोत्तरी, त्रिभागी र योगिनीको चक्र (नेपाली सम्बत् वा ईश्वीसम्बत्मा), होरा, द्रेष्काण, सप्तमांशक, नवमांशकादि इच्छानुकूल षड्वर्गीय वा षोडशवर्गीय कुण्डली लेख्ने र नेपाली भाषामा ग्रहका मुख्यमुख्य प्रभाव र नेपाली मिति वा अंग्रेजी तारिकमा महादशा, अन्तर आदिको विवरण तपाईंले सरल ढंगले बुझ्ने गरी राखिएको हुन्छ। चिना बनाएर कुनै विशिष्ट जिज्ञासा जान्न चाहँदा हामी ती प्रश्नहरूको समुचित उत्तर समेत लेखेर र कुनै समस्या भए सरल र प्राकृतिक उपायहरू सुझाउने गर्दछौं । त्यसैले विशुद्ध चिना निर्माण गर्न लागि आजै सम्पर्क गर्नुहोस् ।



दैनिक ग्रह र नक्षत्र

अवलोकन

तपाईको राशि अनुसार को जानकारी, जस्तै वि.स. २०७५ मा ग्रहण, ग्रहीय पुनरुत्थान र अन्य नक्षत्रको जानकारी पाउनुहोस् । ज्योतिषमा यो हप्ता र महिना को विशेषता हेर्नुहोस्। साथसाथै वर्तमान ब्रह्मिक ऊर्जाको दैनिक जानकारी लिनुहोस्। सबै जानकारी आजको ज्योतिष ब्लगमा हेर्नुहोस्।