+821021938017
 Login    

राशीहरू






के हो राशीहरू?


राशीहरू बारे


राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन। एकमा मेष र एवम् क्रमले बाह्रमा मिन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेँडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि छन्। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्ष काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्।



दैनिक ग्रह र नक्षत्र

अवलोकन

तपाईको राशि अनुसार को जानकारी, जस्तै वि.स. २०७५ मा ग्रहण, ग्रहीय पुनरुत्थान र अन्य नक्षत्रको जानकारी पाउनुहोस् । ज्योतिषमा यो हप्ता र महिना को विशेषता हेर्नुहोस्। साथसाथै वर्तमान ब्रह्मिक ऊर्जाको दैनिक जानकारी लिनुहोस्। सबै जानकारी आजको ज्योतिष ब्लगमा हेर्नुहोस्।